सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सद्वारा प्रशिक्षण


सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टील्सले भक्तपुर जिल्लालाई केन्द्रित गरी निर्माण कार्यमा संलग्नहरुलाई प्रशिक्षण प्रदान गरेको छ।

निर्माणमा सिमेन्ट र डण्डीको उचित प्रयोग गर्ने सम्वन्धमा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ। उचित तवरमा प्रयोग गर्न जानेमा खपत पनि कम हुने जानकारी दिइएको थियो। ललितपुर, कीर्तिपुर, कलंकी, थानकोट क्षेत्रका २ सय बढी ठेकेदारहरुको कार्यक्रममा उपस्थिति थियो।

अत्याधुनिक भिआरएम प्रविधिद्वारा सर्वोत्तमले ओपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दै आएको छ। सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० सेन्टिमिटर स्क्वायरसम्म रहेको कम्पनीले जनाएको छ।

सिमेन्टको गुणस्तरमा एकरुपता प्रदानगर्न एक्सरे डिफ्राक्सनबाट परीक्षण हुने गरेको सर्वोत्तमले जनाएको छ। नवलपरासीमा अवस्थित यसको खानी पाल्पा तथा चितवनमा छ। उद्योेगको उत्पादन क्षमता ४० हजार बोरा प्रतिदिन ६० हजारसम्म बढाउने क्षमता रहेको ब्राण्ड म्यानेजर गोपार सारडाले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.