यस्तो बन्दैछ तुलसीपुर वसपार्क


तुलसीपुर बजारवाट पातुखोलाको बगरमा स्थान्तरण गरिएको बसपार्क झन्डै २१ आधुनिक बनाउन सुरु भएको छ ।

अहिलेकै गतिमा काम धमाधम भएमा अबको १५ महिनापछि तुलसीपुर वस पार्कले काँचुली फेर्नेछ ।

यो बसपार्क २०५३ साल फागुनमा तुलसीपुर बजारवाट पातुखोलाको बगरमा स्थान्तरण गरिएको थियो । खोलावाट सञ्चालन हुँदै आएको बसपार्क निकै कुरुप थियो । भौतिक संरचना निकै कमजोर थिए ।

वर्षायाममा हिलाम्मे र सुख्खा मौसममा तुलसीपुर बसपार्क धुलाम्मे हुने गर्दथ्यो । तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीका अनुसार गत वैशाख ५ गते उपमहानगरपालिकाले गुरु योजना अनुसार वसपार्क निर्माणको कार्य थालनी गर्न कार्यादेश दिएपछि हाल धमाधम बसपार्क निर्माणको काम भइरहेको छ । गुरु योजना अनुरुप वसपार्क निर्माण गर्न कार्यकारी अधिकृत टोपेन्द्र केसीले जेठ २९ गते सिलन्यास गरेका हुन ।

पातुखोलामा यो बसपार्क गुरु योजना अनुरुप आधुनिक बनाउन ३ करोड १६ लाख ९८ हजारमा टर्मिनल विल्डिङ निर्माण गर्न लागिएको छ । जस्को भित्र टिकट काउन्टर, रेष्टुरेष्ट, प्रशासनिक भवन, हेल्प डेक्स र बीचमा बगैचा निर्माण गरिने इञ्जिनियर योगीले सेतोपाटीलाई बताए ।

त्यसैगरी उक्त टर्मिनल भवन निर्माण पछि सार्वजनिक सौचालय निर्माण, वरिपरी सडक र सडक वत्ति निर्माण गरिने छ । त्यसैगरी हाल रहेका टिकट काउन्टरको अगाडि धमाधम सपिङ काउन्टर निर्माणको काम भइरहेको छ । २ करोड ४४ लाख २२ हजारमा २२ वटा सटर रहेको सपिङ स्टल निर्माण गरिनेछ ।

ती सटरहरुले उपमहानगरपालिकाले व्यापारिक प्रयोजनका लागि टेन्डर आह्वान गरि भाडामा लगाउने छ । तुलसीपुर उपमहानगपालिकाका इञ्जिनियर योगीका अनुसार गुरु योजना अनुसार पहिलो चरणमा निर्माण गर्न थालिएको टर्मिनल विल्डिङ र सपिङ स्टल कुल भ्याट बाहेक ९ करोड ९ लाख ९० हजार ९ सय ५८ रुँपैंया ५३ पैंशामा निर्माण भइरहेका हुन ।

काम सुरु भएको मितिले १५ महिना भित्र काम सम्पन्न गर्ने गरि पहिलो चरणको निर्माणको जिम्मा शिव शक्ति निर्माण सेवा काठमान्डौंले लिएको छ । २०७५ सालको असार मसान्त सम्म यो भवन निर्माण सम्पन्न गरिसक्ने सर्तछ । यही गतिमा काम धमाधम सूचारु रहेमा आगामी असार मसान्त सम्म बसपार्कको स्वरुप नै परिवर्तन हुने छ ।

केही वर्ष पहिले विदेशीएका अर्थात कामको सिलसिलामा बाहिरए बस्दै आएका मानिसहरु एक्कासी १५ महिना पछि दाङको तुलसीपुर आउँदा बसपार्कको बदलिएको स्वरुप देखेर आस्चर्यमा पर्ने धारणा राप्ती अञ्चल सार्वजनिक वस व्यवसायी समितिका बुकिङ इञ्चार्ज प्रकाश भट्टले ब्यक्त गरे । सुख्खा मौसममा संधै धुलाम्मे र बर्षातमा हिलाम्मे हुने वसपार्कले काँचुले फेर्दै गरेको देख्दा संधै वसपार्क धाउनुपर्ने आफू जस्ता व्यक्ति औधी खुसी बनेको भट्टले बताए ।

बहुबर्षिय योजना अन्तरगत २०७० सालको गूरु योजना अनुरुप तुलसीपुर वसपार्कलाई आधुनिक स्वरुपको निर्माण गर्न झन्डै ३४ करोडको स्टिमेट गरिएको इञ्जिनियर योगीले बताए । हाल पहिलो चरण अन्तरगतका संरचना निर्माण भइरहेको भएपनि गुरु योजना अनुरुप सबै संरचना निर्माणमा भने अझैं केही वर्ष लाग्ने छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.