बजारमा चिनीको मूल्य बढेको छ।
नेपाल खुद्रा व्यापार संघको पछिल्लो तथ्यांकले चिनीको मूल्य बढेको देखाएको हो।
संघले १५/१५ दिनमा खाद्यान्नको मूल्य सार्वजनिक गर्दै आएको छ।
१५ दिनअघिको तुलनामा चिनी प्रतिकिलो ३ रूपैयाँले बढेको छ।
संघले सार्वजनिक गरेको चैत १ गतेको तथ्यांक अनुसार बजारमा चिनी एक सय दुई रूपैयाँ कारोबार भइरहेको थियो।
चैत १५ को तथ्यांकअनुसार बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय पाँच रूपैयाँ पुगेको छ।
संघले सार्वजनिक गरेको मूल्य अधिकतम मूल्य हो।
चिनीको खुद्रा मूल्य किराना पसल अनुसार फरक छ।