व्यावसायिक भुक्तानी प्रणाली कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्थाहरू आबद्ध भइसकेका छन्।
यसका साथै नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बुम्झ्न सकिन्छ।
चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्ममा कर्पोरेट पे मार्फत ७१४ अर्ब रूपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको ८०० अर्ब रूपैयाँको कारोबार तुलनामा उल्लेखनीय वृद्धि हो।
यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरूले डिजिटल भुक्तानीको लागि कर्पोरेट पे प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ।
कर्पोरेट पेको मल्टी बैंकिङ डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेसले गर्दा प्रयोगकर्ताहरू उल्लेखनीय रूपमा वृद्धि भइरहेको हो।
उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्था, सरकारी तथा गैर–सरकारी संस्था, वित्तीय संस्था लगायत विभिन्न संस्थाहरूले प्रयोग गर्दै आइरहेका छन्।
यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क युटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ।
साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरू लिंक गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ म्यान्डेटहरू सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ।
सो प्रणालीमा रियल टाइममा प्रति कारोबार १ करोड रूपैयाँ (सोही बैंक वित्तीय संस्था) तथा २० लाख रूपैयाँ (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन–रियल टाइम कारोबारको हकमा २० करोड रूपैयाँसम्म कारोबार सिमा रहेको छ।
व्यवसायीहरूले वेबसाइट बाट कम्पनीको विवरण दाखिला गरी प्रयोगकर्ताहरूको श्रेणीबद्ध भूमिकाहरू निर्धारण गरी बैंकको विवरण राखेर अनलाइन रजिष्ट्रेसन प्रक्रिया सम्पन्न गर्न सक्नेछन्।
त्यसपछि सम्बन्धित बैंकले रजिष्ट्रेसन अप्रुभ गरेपछि पेस गएिको विवरण वा बैंक सँग उपलब्ध कागजातहरूको आधारमा, एक्टिभेसन प्रक्रिया सम्पन्न हुन्छ।
साथै, व्यवसायहरूले बैंकमा सम्पर्क गरी म्यानुअल इनरोलमेन्ट गर्न पनि सक्छन्।