एनआइएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआइबिएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टील्स लिमिटेडमा लगानी सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतामा चैत १२ गते एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टिल्सका निर्देशक बिमल कुमार सावरथियाबीच हस्ताक्षर गरे।
यस साझेदारीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिनको लागि थप मद्दत गर्नेछ।
लक्ष्मी स्टिल्स टिएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रूपमा रहेको छ।
कम्पनीले उच्च गुणस्तरको स्टिल उत्पादन गर्न प्रतिबद्ध रही आएको छ। यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्याउन सफल हुने कम्पनीको विश्वास छ।
एनआइएमबी एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालले भने, 'लक्ष्मी स्टिल्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। एनआइबिएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पुर्याउने सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ। यस लगानीको साथ हामी लक्ष्मी स्टिल्सलाई नयाँ उचाइमा पुर्याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौं।'
लक्ष्मी स्टिल्स लिमिटेडका निर्देशक बिमल कुमार सावरथियाले भने, 'एनआइबिएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी हाम्रो लागि एक सुनौलो अवसर हो। उहाँहरूको विशेषज्ञता र पुँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्नेछ। यसका साथसाथै हामी स्टिल उद्योगको लागि एक बलियो भविष्य निर्माण गर्दैछौँ।'
एनआइबिएल इक्विटी पार्टनर्स र लक्ष्मी स्टिल्सबीचको यो साझेदारी नेपालको औद्योगिक क्षेत्रका विकासको लागि एक महत्वपूर्ण कदम रहेको बताइएको छ।