सिटी एक्सप्रेस मनी ट्रान्सफरले “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
कोरियाबाट निराजन ढकालले जि मनी ट्रान्स मार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटेन्स पठाउँदा '१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा' योजना अन्तर्गत आफूले पठाएको रकमको १८ गुणा गरी ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रममा हास्य कलाकार साथै सिटी एक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिति रहेको थियो।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही ५०० रूपैयाँको सिटी पे वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ५०० रूपैयाँको वालेट टपअप, २४ जनाले साप्ताहिक उपहार (सामसङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन्।
सोही कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ।
हरेक वर्ष नयाँ नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक समृद्धिको विषयवस्तुमा क्यालेन्डर तयार पारेको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।