रिजाल्स नमिकिनले ‘कर्न बज’ नामको कुरकुरे स्न्याक्स बजारमा ल्याएको छ।
मकै चामल र चनाको पिठोबाट तयार गरिएको कर्न बज अचारी मसला, फ्लेमिङ्ग हट र मसला तड्काको स्वादमा रहने कम्पनीका मुख्य बजार प्रबन्धक प्रितम रिजालले जानकारी दिए।
‘निकट भविष्यमा यसलाई कोदो, फापरबाट समेत ग्रिट तयार गरि स्वस्थ्य खाजाको रुपमा ऊपभोक्ता माझ ल्याउने योजना रहेको छ,’ उनले भने।
चितवनमा रहेको रिजाल्स नमकिन उद्योगले विगत ३८ वर्ष देखि विभिन्न गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका तयारी खाजा एवं स्न्याक्सहरु उत्पादन गर्दै आएको छ।