ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेसनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ।
२०८१ भदौ १६ मा आधिकारिक रूपमा लन्च भएको यो एपले मात्र पाँच महिनामा यो उपलब्धि हासिल गरेको हो।
यस महत्वपूर्ण उपलब्धिको उत्सवस्वरूप ट्रिप टर्बोले 'ट्रिप टर्बो १००के अफर' क्याम्पेन सुरू गरेको छ जसमा भाग्यशाली विजेताहरुले निम्न रोमाञ्चक गिभअवेहरू जित्न सक्नेछन् :
● दुई भाग्यशाली विजेताका लागि दुईवटा निःशुल्क एकतर्फी आन्तरिक उडानहरू
● एक भाग्यशाली ग्राहकका लागि पोखरामा ११ हजार बराबरको हट एयर बेलुन राइड
● उप्स नेपाल, नेपालको पहिलो फ्यामिली इन्टरटेनमेन्ट सेन्टरबाट दुईवटा गिफ्ट कार्ड (प्रत्येक पाँच हजार रूपैयाँको)
● आन्तरिक उडान र विभिन्न एडभेन्चर एक्टिभिटीहरूमा एक लाखभन्दा बढी बराबरको छुट र प्रोमो कोड
'१ लाख डाउनलोड पार गर्नु ट्रिप टर्बोका लागि ठूलो उपलब्धि हो,' ट्रिप टर्बोका संस्थापक शिखर प्रसाईले भने। 'हामी केवल उत्कृष्ट डिल, विशेष छुट र रोमाञ्चक एडभेन्चर एक्टिभिटीहरू मात्र प्रदान गर्न होइन, ग्राहकलाइ उत्कृष्ट सेवा दिने कम्पनी बन्न प्रतिबद्ध छौं।'
अफर २०८१ चैत्र २ देखि चैत १८ (२०२५ मार्च १५ - मार्च ३१) सम्म सञ्चालन हुनेछ । यस अवधिमा ट्रिप टर्बो एप वा वेबसाइटमार्फत कुनै पनि उडान, बस, वा एक्टिभिटी बुक गर्ने ग्राहकहरू स्वतः गिभअवेमा समावेश हुनेछन् ।
ट्रिप टर्बो प्रयोगकर्ताहरूका लागि विशेष अफर:
१.नियमित प्रयोगकर्ताहरूका लागि: २० हजार टिटी काेइन (ट्रिप टर्बोको लोयल्टी पोइन्टस) प्रयोग गरी कुनै पनि आन्तरिक उडानमा पाँच सय रूपैयाँ छुट पाउने प्रोमो कोड प्राप्त गर्न सकिन्छ। यो अफर सीमित संख्यामा मात्र उपलब्ध हुनेछ बताइएको छ।
२.पहिलो पटक उडान बुक गर्ने ग्राहकहरूका लागि: प्रोमो कोड फर्स्ट १०० 'के' प्रयोग गरी पहिलो उडान बुकिङमा दुई सय रूपैयाँ छुट प्राप्त गर्न सकिन्छ।
३.सबै प्रयोगकर्ताहरूका लागि: अफर अवधिभर प्रत्येक उडान बुकिङमा प्रोमो कोड एप १०० 'के' प्रयोग गरी १५० रूपैयाँ छुट पाउन सकिन्छ।
४.बस टिकट छुट: पहिलो पटक बस टिकट काट्ने यात्रुहरूले प्रोमो कोड टर्बाे बस प्रयोग गरी पहिलो बस टिकटमा ५० रूपैयाँ छुट पाउन सक्नेछन्।
यो अफर २०८१ चैत १८ सम्म मान्य हुनेछ।