पैचो पसल प्रालिले चाडपर्व अवसरमा उपहार योजना सार्वजनिक गरेको छ।
सोमबार कृष्ण अष्टमीबाट सुरू भएको उपहार योजना तीज, दसैं, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुनेछ।
पैचो पसलका उत्पादन खरिद गर्दा उपहार योजनामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।
आफ्ना ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो।
नेपाली घर आँगनमा भित्रिँदै गरेका चाडपर्वलाई उत्सव र खुसीयाली बनाउन चाडपर्व अफर ल्याइएको पैचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताए।
पैचोले उपहार योजनामा प्रथम उपहार वासिन मेसिन १ जनालाई, द्वितीय उपहार फ्रिज २ जनालाई तृतीय उपहार टेलिभिजन ३ जनालाई, चौथो उपहार स्प्रे ट्यांकी ४ जनालाई दिने जनाइएको छ।
यस्तै, पाँचौ उपहार १ हजार रूपैयाँको कृषि बीउबिजन २० जनालाई र छैठौं उपहार पैचो कम्पनीका उत्पादन २० जनालाई दिने घोषणा गरेको हो।
उपहार कुपन पैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुने छ।
उपहार कुपन प्राप्त गर्न पैचाका शाखा र आउटलेटबाट २ हजार ५ सय रूपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफूल बिक्री गर्दा एउटा कुपन ग्राहकले पाउने छन्।
यस्तै, १ हजार रूपैयाँको तरकारी तथा फलफूल खरिद गर्दा, १ हजार रूपैयाँको फेन्सी तथा गिफ्ट सामान खरिद गर्दा, ५ सय रूपैयाँको बीउबिजन खरिद गर्दा र प्रतिदिन प्रति संकलन ५० हजार रूपैयाँको संकलन गर्दा एक वटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
उपहार योजना भदौ १० गतेदेखि पुस १० गतेसम्म लागु हुनेछ। पुरस्कारको घोषणा पैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गर्ने कम्पनीले जनाएको छ।