फोनपेले आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा नयाँ अभियान 'फोनट्याग स्कुप एण्ड सेभ' को घोषणा गरेको छ।
फोनट्याग स्कुप एण्ड सेभ अभियान आज (आइतबार)देखि सुरू भएको छ जसले कन्ट्याकलेस पेमेन्टका फाइदाहरूलाई आकर्षक अफरका मार्फत प्रकाशमा ल्याउन लक्ष्य राखेको छ।
फोनट्याग मार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरीका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक (२०० रूपैयाँसम्म)को लाभ लिन सक्नेछन्।
यो सीमित अफर प्राप्त गर्नका लागि ग्राहकहरूले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नु पर्नेछ।
यस एकीकृत सेवाले सजिलै र झन्झटबिहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्दछ, जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउँछ र भुक्तानीलाई छिटो र सजिलो बनाउँछ।
यो प्रस्ताव नेपालभरीका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ।
बुढानिलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तरढाेका, ठमेल, दरबारमार्ग, आइप्लेक्स मल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपूल (पोखरा), बुटवल, वीरगञ्ज, विराटनगर, हेटौँडामा उक्त अफर समावेश छन्।