वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पानी बाहेक अन्य पानी उत्पादन गर्ने उद्योगीलाई सो को लागत विवरण विभागमा बुझाउन आग्रह गरेको छ।
सोमबार एक सूचना जारी गर्दै सात दिनभित्र उत्पादन लागत विवरण विभागमा बुझाउन आग्रह गरेको हो।
'पानी उद्योगीहरूले प्रशोधित पानी उत्पादन, संकलन गरी बिक्री वितरण गरिरहेको सन्दर्भमा प्रशोधित पानीको अलावा अन्य किसिमको पानी उत्पादन गरी बिक्री वितरण गरिरहेको भए सो को उत्पादन लागतको विशेष चार्ट विभागमा बुझाउन अुनरोध गरिन्छ,' विभागद्वारा जारी सूचनामा भनिएको छ।
सूचनामा उल्लेख भएअनुसार विभागले पछि अनुगमन निरीक्षण हुँदा फरक नपर्ने गरी पुस्ट्याइ गर्ने कागजात सात दिनभित्र पेस गर्न अनुरोध गरिएको छ।