पछिल्ला वर्षहरूमा सुनको खपत क्रमशः घट्दै गएको छ। सुनको खपत घटेसँगै आयात पनि घटेको हो।
पछिल्लो समय सुनको मूल्य उल्लेखनीय रूपमा बढे पनि आयात मूल्यको आधारमा घटेको छ।
भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष २९ लाख नौ हजार ग्राम सुन २५ अर्ब ९५ करोड ९३ लाख रूपैयाँमा आयात भएको छ।
आर्थिक वर्ष २०७९/८० मा ४३ अर्ब ९० करोड रूपैयाँ बराबरको ३५ लाख सात हजार ८८४ ग्राम सुन आयात भएको थियो।
गत वर्ष मूल्यको आधारमा १७ प्रतिशत र परिमाणको आधारमा ४० प्रतिशतले आयात घटेको छ।
तर, सुन आयातबाट उठ्ने भन्सार राजस्व भने बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार सुन आयातबाट चार अर्ब दुई करोड राजस्व संकलन भएको छ।
गत आर्थिक वर्षमा सुनको आयातको क्रममा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो। चालु वर्षमा भने बढाएर २० प्रतिशत पुर्याइएको छ।