जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टिबल 'एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४' सम्पन्न भएको छ।
नेपाल र नेपालीको पहिचान कला संस्कृतिलाई जापानी समुदायमा चिनाउने उद्देश्यले गत शनिबार (जुलाई २७)उक्त फेस्टिभलको आयोजना गरिएको थियो।
करिब ५ हजार नेपाली तथा अन्य विदेशी नागरिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा करिब २० वटा स्टलमा नेपालीको पहिचान सहितका खाना, कपडा, कोसेली पसल राखिएको थियो।
साथै, नेपालको पर्यटनसम्बन्धी जानकारी दिने स्टल तथा रेमिटेन्स लगायतका अन्य स्टलहरू रहेको आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक लाक्पा दोङले जानकारी दिए।
पहिलो पटक आयोजान भएको उक्त कार्यक्रम कान्साईबासी नेपाली तथा जापानीहरू निकै खुसी भएको कार्यक्रममा सहभागी सेजल गुरुङले बताए।
कार्यक्रम डिस्कभरी सपोर्टको आयोजना तथा तामाङ समाज जापान कान्साई समितिको सहआयोजना एवं गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको सपाेर्टमा र जापानमा रहेका विभिन्न नेपाली समाजहर' को सहकार्यमा भएको थियो।
कार्यक्रममा नेपाली कला संस्कृति झल्कने खालका नृत्य, गित, संगित तथा विभिन्न मनोरञ्जनका खेल भएको थियो।
त्यसका साथै कार्यक्रममा छिटो मःम खाने प्रतियोगिता, एभरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ को बारेमा स्पिच कन्टेस्ट प्रतियोगिता भएको थियो। त्यसबाहेक करिब २० जना कार्यक्रममा सहभागीहरूले लक्की ड्र मार्फत विभिन्न उपहारहरू जितेका थिए।