सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ।
काम नगर्ने कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका कार्यालयले दिएको छ।
यसअघि कार्यालयले कालो सूचीमा राख्न नपर्ने आधार भए लिखित रूपमा पठाउन कम्पनीहरूलाई आग्रह गरेको थियो।
लिखित जवाफ पठाउने म्याद सकिँदा पनि केही प्रतिक्रिया नपाएको कार्यालयले जनाएको छ।
अब सात दिनभित्र पनि कालो सूचीमा राख्न नपर्ने आधारसहित स्पष्टीकरण नआए कालो सूचीमा राखिने उल्लेख गरिएको छ।
कार्यालयले आरआर कन्स्ट्रक्सन, विजन कन्स्ट्रक्सन, सेक्टर कन्सट्रक्सन, ज्योति निर्माण सेवा, युभी इन्जिनियरिङ कन्सल्टेन्सी, गणपति निर्माण सेवा, ऊर्जा क्रिशभ जेभी, विभोर निर्माण सेवा, महिमा कन्स्ट्रक्सन, अमन कन्स्ट्रक्सन, सत्यश्वर कन्स्ट्रक्सन, सुदर्शन निर्माण सेवा, एसटिके ग्लोबल, रक्षा कन्स्ट्रक्सन र नेपाल विल्डर्सलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढेको हो।