नेपालको प्राइभेट इक्विटी फर्म एनआइबिएल इक्विटी पार्टनर्सले डेलिस डेरीजसँग ९ करोड ५० लाख रूपैयाँको लगानी सम्झौतामा हस्ताक्षर गरेको छ।
एनआइबिएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र सेबोनद्वारा स्वीकृति प्राप्त कोष प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको एकाइ हो।
असार ३१ गते हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप ऊर्जा प्रदान गरेको छ।
एनआइबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको बताइएको छ।
डेलिस ब्राण्डको ग्रीक दहीले नवीनताको पहिचान दिएको छ भने 'पञ्चमी' ले स्थानीय नेपालीहरूको मन जित्न सफल भएको छ। यस लगानीले नेपाली बजारमा डेलिस ब्रान्डको स्थानलाई झनै मजबुत बनाउने बताइएको छ।
एनआइएमबी एस क्यापिटलका सिइओ शिवान्त बहादुर पाँडेले भने 'एनआईबीएल इक्विटी पार्टनर्स डेलिस डेरीजसँग साझेदारी गर्न पाउँदा निकै हर्षित छ। डेलिज डेरीको क्वालिटी, इनोभेसन र स्थानीय समुदायलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता हाम्रो मिशनसँग पूर्ण रूपमा मेल खान्छ। यस लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पुर्याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्नेमा हामी ढुक्क छौँ।'
डेलिस डेरीजका सह–संस्थापक र सिइओ सन्दीप पौडेलले भने, 'एनआइबिएल इक्विटी पार्टनरको विशेषज्ञता र पुँजी निष्कासनले हाम्रो विकासको मार्गमा उल्लेखनीय भूमिका खेलेको छ। यो साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउनेछ। यस लगानीमार्फत् स्वदेशमा उत्पादित विभिन्न प्रकारका चिज र उच्च गुणस्तरका दुग्ध उत्पादन सहित डेलिसलाई एउटा प्रख्यात ब्रान्डको रूपमा स्थापित गर्न सहयोग पुर्याउनेमा हामी विश्वस्त छौं।'
यो लगानी सम्झौताले एनआइबिएल इक्विटी पार्टनर्स र डेलिस डेरीजको नयाँ अध्यायको सुरुवात गरेको छ। यस साझेदारीले नेपालमा विश्वास र गुणस्तरको ब्राण्ड बन्ने डेरीजको लक्ष्यलाई थप ऊर्जा दिने बताइएको छ।