त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बर्गर हाउस एण्ड मेलुङ थकाली किचनमा इसेवामार्फत् भुक्तानी गरे १५ प्रतिशत छुट पाइने भएको छ।
किचनमा आउने ग्राहकलाई थप सुविधा दिने उद्देश्यले हरेक खानामा इसेवामार्फत् रकम भुक्तानी गर्नेलाई १५ प्रतिशत छुट दिने गरी सम्झौता भएको हो।
यो सँगै इसेवामार्फत भुक्तानी गर्दा इसेवाको एक सय रिवार्ड पोइन्ट पुग्नेहरूले पनि १५ प्रतिशत छुट पाउने छन्।
विमानस्थलमा यो किचन चौबीसै घन्टा खुल्ला हुनेछ। विमानस्थलको आगमण स्थलमै रहेको यो किचनमा पर्याप्त मात्रामा पार्किङको सुविधा पनि छ।