राकुराले पाँच दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनेरेसन चिया उत्पादनहरू सार्वजनिक गरेको छ।
जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिनेगरी फड्को मारेको बताइएको छ।
राकुराले आफ्नो क्रान्तिकारी 'म्याजिक नट' टि–ब्याग सार्वजनिक गरेको छ।
जुन विश्वकै पहिलोमध्ये एक अत्याधुनिक ’ट्यान्डेम एयर–नटेड’ प्रविधि प्रयोग गरेर बनाइएको छ।
यो नयाँ गैर–ताप सिल (नन् हिट सिल) गरिएको, दुई खण्ड भएको चियाको थैलीको डिजाइनले विश्वकै पहिलोमध्ये एक र नेपालको एकमात्र पूर्ण प्लास्टिक र ग्लु मुक्त टि–ब्याग हुनेछ।
उक्त प्रविधि र नयाँ अत्याधुनिक, अनब्लिच्ड फिल्टर कागज (जसमा क्लोरिन, एपिक्लोरोहाइड्रिन र अन्य हानिकारक पदार्थहरू छैनन्।
नयाँ उत्पादनले उत्कृष्ट स्वच्छ स्वादको चिया अनुभव प्रदान गर्दछ।
म्याजिक नट चियाको थैलीमा विश्वकै पहिलो प्रमाणित जैविक, अनब्लिच्ड धागो जस्ता नवीनताहरू पनि समावेश छन् जसले गैर जिएमओ कपास र हानिकारक रसायनहरू नभएको सुनिश्चित गर्दछ।
साथै अपडेट गरिएको इजी–होल्ड ट्यागहरू समात्न बढी आरामदायक छन् र फुड ग्रेड कागज र मसीबाट बनेका छन्।
चिया उद्योगमा पाँच दशकभन्दा बढीको अनुभवमा आधारित राकुराले पछिल्लो जुस रड्स प्रविधिको विकासका साथ आफ्नो सबै चियाहरूलाई विश्वकै पहिलोमध्ये एक पूर्ण प्राकृतिक तथा प्रमाणित जैविक, चिया इन्फ्युजनहरू मात्र हुने पनि घोषणा गरेको छ।
कम्पनीले २१ नयाँ प्रकारका चियाहरू पनि उत्पादन गरेको छ साथै आफ्नो मौजुदा चियाहरू र मिश्रणहरूमा सुधार गरेको छ, जुन विश्वकै सबैभन्दा ठूलो चियाको कलेक्सनमध्ये एक हुने बताइएको छ।
राकुराको टि–ब्यागहरू अब ताजा प्याकहरूमा आउनेछन्।
अलग रूपमा बेरिएको, वातावरण मैत्री र खाद्य सुरक्षित फोइल कागजका खामहरू र एफएससी प्रमाणित दिगो स्रोत प्याकेजिङमा प्याक गरिनेछ, जसले यसलाई यस्तो प्रविधि प्रयोग गर्ने विश्वकै पहिलो चिया कम्पनीहरूमध्ये एक बनाउँछ।
राकुरा विश्वको पहिलो खाद्य कम्पनीहरूमध्ये एक बनेको कम्पनीको भनाइ छ।
जसले जीवाणु र एलर्जेन मुक्त चिया–ब्यागिङ सुविधा दिनका लागि जलवायु–नियन्त्रित अवस्थाअन्तर्गत क्लिन–रूम प्रोटोकलहरू पालना गर्दछ। आफ्नो नेक्स्ट जेनेरेशन ब्लु प्रिन्टको लन्चसँगै, राकुराले सन् २०३० सम्म वा सोभन्दा चाँडै कार्बन र प्लास्टिक तटस्थ बन्ने प्रतिबद्धता पनि जनाएको छ र आफ्नो सापेक्ष ऊर्जा र प्लास्टिक प्रयोग घटाउने प्रक्रिया सुरू गरिसकेको छ।
'हामीले नेपालको चिया उद्योगको लागि सधैं नयाँ आयाम खोल्ने इतिहास राखेका छौं, र फेरि पनि नेपालको चियाको लागि नयाँ युगको सुरुवात गरेका छौं,' राकुराका प्रबन्ध निर्देशक नीराज राठीले भने।