हिमाल र तराई जोड्न चितवनमा मुनाल एण्ड मयूर रिसोर्ट सञ्चालनमा आएको छ।
नेपालको हिमाली भेगदेखि तराईको गर्मीसम्म पाइने विभिन्न परिकारहरूसँगै यहाँ शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन वेलनेस प्रविधिसमेत जडान गरिएको छ।
प्रविधि र सेवा सुविधामा समेत उच्च स्तरको रहेको यो होटलमा एकै पटकमा ६० जनासम्म बस्न सकिन्छ भने २६ वटा हिमालदेखि तराईका संस्कृति झल्काउने भिल्लाहरू पाउन सकिन्छ।
चितवनको कालिका नगरपालिका वडा नं १ मा पर्ने पदमपुरमा दुई बिघा क्षेत्रफलमा यो रिसोर्ट फैलिएको छ। यहाँ प्राकृतिक रूपमा तनावमुक्त गराउन स्वीमिङ पुल, अक्सिजन च्याम्बर, साउना तथा मसाज सुविधासमेत छ।
पर्यटनकर्मीहरू लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको लगानीमा होटल मुनाल एण्ड मयूर सञ्चालनमा आएको हो। यो अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्नेले निजी स्वीमिङ पुल, साउना, ज्याकुची लगायतको सुविधा पाउने सञ्चालकहरूले जानकारी दिए।
यहाँ मनास्लु हिमाल वरपरको स्याउका परिकार, भीर मौरीको मह, यार्सागुम्बा लगायत जडीबुटी, जडीबुटीको तेल, हिमाली खाद्यान्न समेत किन्न पाइन्छ।
उक्त रिसोर्ट नारायणगढ बजारबाट ५.५ किलोमिटर दुरीमा पर्छ। त्यस्तै रिसोर्टबाट सौराहा पुग्न ९ किलोमिटर लाग्छ। सौराहा घुम्न आउने पाहुनाको लागि समेत यो रिसोर्ट सुविधासम्पन्न बास बस्ने ठाउँ बन्न सक्ने सञ्चालकहरूले बताएका छन्।
तस्बिरहरू: