रोहतो मेन्थोलेटम नेपालले पाँचौं वार्षिकोत्सव मनाएको छ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दमोदर भण्डारीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो।
साथै रोहतो फार्मास्युटिकल जापानका अध्यक्ष तथा मुख्य कार्यकारी अधिकृत कुनियो यामादा तथा सो कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख सरोकारवाला र कर्मचारीहरूको उपस्थिति थियो।
यस अवसरमा रोहतो नेपालले विगत पाँच वर्षदेखि सहयोग र योगदान दिने सरोकारवालाहरूलाई सम्मान प्रदान गरी उनीहरूप्रति आभार प्रकट गरेको छ।
यसैगरी, कम्पनीका संस्थापक निर्देशक स्व. श्री प्रदीप मण्डललाई कम्पनीप्रति उनको उत्कृष्ट र उच्च–स्तरको योगदानको मूल्यांकन गरी “रोहतो सम्मान“ प्रदान गरेको छ।
यसै अवसरमा कम्पनीले दुई वटा समझदारी पत्रहरूमा हस्ताक्षर समेत गरेको छ।
पहिलो समझदारीपत्र, भानुभक्त मेमोरियल विद्यालयसँग गरिएको थियो। जस अन्तर्गत, आर्थिक रूपमा कमजोर परिवारका छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने छ।
यो छात्रवृत्ति कार्यक्रमको मुख्य उद्देश्य नेपालमा लैंगिक असमानताको समस्यालाई शिक्षा, सशक्तिकरण, वकालत र समुदाय संलग्नता मार्फत सम्बोधन गर्नु रहेको बताइएको छ।
त्यसै गरी, दोस्रो समझदारी पत्र नेपाल जडीबुटी व्यवसायी संघसँग सहकार्य गर्ने सम्बन्धमा भएको हो।
यस सहकार्यको प्रमुख उद्देश्य नेपालमा औषधिजन्य जडीबुटी र प्राकृतिक स्रोतहरूलाई छाला र आँखाको हेरचाह गर्ने उत्पादनका रूपमा विकास गर्न पहिचान गरी सो प्रवर्द्धन गर्ने विषय समावेश छ।
रोहतो नेपाल जापानी बहुराष्ट्रिय कम्पनी रोहतो फार्मास्युटिकल कम्पनी लिमिटेडको एक सहायक कम्पनी हो।
यो कम्पनी आफ्ना उच्च गुणस्तरका कस्मेटिक, स्किन केयर र आँखाको उत्पादनहरूका लागि विश्वव्यापी रूपमा प्रतिष्ठित छ।
रोहतो समूहका प्रमुख ब्रान्डहरू एक्निक, सनप्ले, अक्सी, मेलानो सिसी लगायत छन्।