शिवम् सिमेन्टले 'शिवम् कीर्ति समारोह २०८१' सम्पन्न गरेको छ।
पाँच वर्षको लामो अन्तरालपछि 'उडान –समृद्धि र सहयात्राको' शीर्षकमा समारोह आयोजना गरिएको थियो।
उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरूमध्ये सर्वोत्कृष्ट ३१ डिलरहरूलाई विभिन्न विधामा अवार्डहरूबाट सम्मान गरेको थियो।
रिजनल अवार्ड अन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनल अन्तर्गत त्रिनेत्र, सदावहार, कल्पवृक्ष अवार्ड दिइएको थियो र साथै उत्कृष्टमध्येका सर्वोत्कृष्ठ चार डिलरहरूलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो।
जसमा शिवम् नेशनल डायमण्ड अवार्ड ललितपुरस्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाइटर सुनिल कुमार सिंह र शिवम् नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वर प्रसाद गुप्ताले जिते।
त्यस्तै शिवम् सिमेन्टका सर्वोत्कृष्ट विक्रेता अन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जिते।
समारोहमा नेपालको चर्चित कलाकारहरूका साथै भारतका ख्यातिप्राप्त कलाकारहरू कृष्ण अभिषेक र सुदेश लेहरीले बेजोड मनोरञ्जनात्मक प्रस्तुति दिए।
देशभरका वितरक तथा विक्रेताहरूको उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम् सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सद्भाव, समझदारी र सहकार्यबाट नै शिवम् सिमेन्ट देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए।
उपस्थित डिलरहरूले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरूबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरूलाई थप ऊर्जा र हौसला प्रदान गर्ने धारणा राखे।