कन्फेक्सनरी कम्पनी सुजल फुड्सले नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा ल्याएको छ। यो नेपालकै पहिलो ‘स्क्वार मौल्डेड’ आकारको प्रिमियम चकलेट भएको कम्पनीको दावी छ।
मुखमा राख्नासाथ पग्लिने यो चकलेट ग्राहकले गुलाबी र बैजनी रङमा पाउँनेछन्।
प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षित तरिकाले गरिएको छ। यो जार र बक्समा पाइन्छ।
सुजल फूड्सले बिगत ५० वर्ष देखि अन्तरास्ट्रिय स्तरको वेफर, बबलगम, ललिपोप, टफी, क्यान्डी आदि उत्पादन र बिक्रि वितरण गर्दै आएको छ।