वीरगञ्जका उद्योगी व्यवसायीले उद्योगमा १५ घण्टासम्म विद्युत कटौती गरिएकोमा गुनासो गरेका छन्।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग मन्त्री दामोदर भण्डारीलाई भेटेर यस्तो गुनासो गरेका हुन्।
उनीहरूले अहिले दैनिक १५ घण्टासम्म विद्युत कटौती र १२ पटकसम्म ट्रिपिङ (सर्किटमा ओभरलोड) भएको बताएका छन्। त्यस्तो विद्युत कति बेला जान्छ वा आउछ भन्ने पनि टुंगो नहुँदा काम गर्न समस्या भएको उनीहरूको गुनासो छ।
उद्योगीहरूले विद्युत आपूर्तिमा भएको समस्या स्वीकारर्नको लागि प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग मन्त्रीलाई आग्रह गरेका छन्। लोडसेडिङ हुने अवस्थामा अग्रीम जानकारी दिन र ट्रिपिङ नहुने व्यवस्था गर्न उनीहरूको आग्रह छ।
उद्योगीहरूले सरकारलाई भारतमा बिक्री गर्ने मूल्यमा नै नेपाली उद्योगीलाई विद्युत उपलब्ध गराउन पनि आग्रह गरेका छन्। त्यस्तै, अन्य ग्राहक सरह औद्योगिक ग्राहलाई व्यवहार गर्न उनीहरूको माग छ।