आगामी २०८१ साल वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ को सुरूवात हुने भएको छ।
विगत ३३ वर्षदेखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आयोजना गर्न लागेको हो।
हाउस अफ राजकर्णिकार बिटुबी र बिटुसी आगन्तुकहरूलाई आकर्षित गर्ने हरेक प्रविधिमा पोख्त मात्र नभई आवास र निर्माण क्षेत्रका व्यवसायिक र संस्थागत समुदायसँग चिरपरिचित रहेको बताइएको छ।
हाउस अफ राजकर्णिकारलेले विगतमा एनएलएच डिएको स्वामित्वमा २ सफल आवास र निर्माण एक्सपोहरू आयोजना र व्यवस्थापन गरिसकेको छ।
यो एक्सपो महत्त्वपूर्ण उद्योगका बिक्रेताहरूका लागि आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र क्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर रहेको आयोजकको भनाइ छ।
आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट यो एक्सपो प्रेरित भएको हो।