नेपाल उद्योग वाणिज्य महासंघले सिजी होल्डिङ्ग्सका अध्यक्ष अरूण चौधरी र अजितनारायण सिंह थापालाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।
बिहीबार साँझ एक विज्ञप्ति महासंघले एक विज्ञप्ति जारी गर्दै उद्योगी व्यवसायी पक्राउ परेको घटनाले व्यवसायीमाथि धरपकड गरेको जनाएको छ।
आर्थिक समस्यासँग जुधिरहेको बेलामा उद्यमी व्यवसायीमाथि सरकारले धरपकड गरेको जनाएको छ।
बाँसबारीको १० रोपनी जग्गा हडपेको आरोप सम्बन्धमा गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न भन्दै सरकारलाई पटकपटक आग्रह गर्दै आएको उक्त विज्ञप्तिमा उल्लेख छ।
‘पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ,’ महासंघले भनेको छ, ‘महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ।’
यस्तै केही महिनामा हुन लागेको लगानी सम्मेलनलाई यो घटनाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा नकारात्मक सन्देश जाने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बिहीबार अरूण चौधरी र अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ। उनीहरूलाई चार दिन हिरासतमा राख्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति समेत लिएको छ।
बाँसबारीस्थित जुत्ता कारखाना रहेको १० रोपनी जग्गा पटकपटक गरी व्यक्तिको नाममा ल्याएको आरोप उनीहरूमाथि छ। वि.सं २०४२ साल यता उनीहरूले उक्त काम गरेको प्रहरीको भनाइ छ।
यसरी प्रहरीले व्यवसायीलाई पक्राउ गरेपछि अन्य उद्योगीहरूले पनि पत्रकारसम्मेलन गरी विरोध जनाएको छ।