भक्का भन्नेबित्तिकै धेरैलाई तराई भेगतिर बाटोछेउमा साना माटाको भाँडोमा तातो बाफ आइरहेको खानेकुराको झल्को आउँछ। भक्का केही समुदायका विवाहमा सगुनका रूपमा दिने प्रचलन पनि छ।
चामल पिठोबाट बन्ने विशेषगरी तराईमै चर्चित यो परिकार केही वर्षयता देशका अन्य भाग र काठमाडौंमा पनि पाइन थालेको छ।
हाम्रो रैथाने यो परिकारको चिसो मौसममा अझ धेरै माग हुने व्यापारीहरू बताउँछन्।
काठमाडौंमा चिसो बढ्न थालेकाले हामी पनि तातो भक्का स्वाद लिन पुरानो बानेश्वरस्थित ‘भक्का हाउस’ पुग्यौं।
भक्का हाउस पुग्दा त्यहाँका सञ्चालक विवस काफ्ले भक्का बनाउने तयारीमै थिए। उनका अनुसार भक्का हाउस दुई वर्षअघि सञ्चालनमा आएको हो।
झापाका विवस सानैदेखि भक्का खाएर हुर्केको बताउँछन्। उनलाई नेपालका स्थानीय खाना बढावा दिन मन भएर व्यवसायकै रूपमा सञ्चालनमा ल्याएको उनले बताए।
भक्का हाउसमा सादा, चकलेट, गुलियो, छोयला लगायत स्वादमा भक्का पाइन्छ। एक भक्काको स्वादअनुसार ४० देखि ६० रूपैयाँ पर्छ।
कचौरा आकारमा टपक्क सजाइएको तातो र नरम भक्का निकै मिठो हुने रहेछ।
यो भिडिओ ब्लगमा हामीले विवस काफ्लेको भक्का हाउससम्मको यात्रा र त्यहाँको मिठो भक्काबारे समेटेका छौं।