ललितपुरस्थित 'रैथाने' रेस्टुरेन्टको रैथाने स्वादले हाम्रो जिब्रो लठ्याएपछि हामी तेस्रो पटक पनि पुग्यौं। अर्को स्थानीय परिकार चाख्न हामीलाई तलतल भइसकेको थियो।
यसपालि भने हामीलाई त्यहाँका कुकहरूले नै दुई विशेष परिकार खान सुझाव दिए।
ती परिकार हुन्, चाम्रे याङ्बेन फाक्सा र बटुक रोटी।
यी दुई खाना चर्चित रहेछन्। याङ्बेन फाक्सा विशेषगरी लिम्बू समुदायमा बढी खाइने र बटुक रोटी मगर समुदायमा रुचाइने परिकारमध्ये पर्ने रैथानेका कुकहरूले बताए।
हाम्रा देशका विभिन्न ठाउँमा खाइने यी परिकार बनाउन पनि धेरै गाह्रो रहेनछ।
चाम्रे याङ्बेन फाक्सा बनाउन चामल चाम्रो हुने गरी पकाएर त्यसमाथि याङ्बेन र फाक्सालाई स्वादिलो गरेर पकाएर हालिन्छ। फाक्सा भनेको के हो भन्ने लाग्ला। रैथानेका कुकहरूले भनिदिए- कालो बंगुरको लिम्बू भाषामा फाक्सा भनिन्छ।
हामीले नयाँ स्वादसँगै नयाँ शब्द पनि सिक्यौं।
बटुक रोटी भने आँटाको रोटीभित्र सलादहरूराखेर बनाइने रहेछ। उत्तिकै स्वादिलो थियो। यसको मुख्य विशेषता भनेकै रोटीमा राखिने लसुन र दहीको सस रहेछ।
यी दुई स्वादिलो परिकार रैथानेले कसरी बनाउँदो रहेछ, यो भिडिओ ब्लग हेरौं है त।
यी पनि हेर्नुस्ः तातो बटुक र स्वादिलो चुकाउनी खाइदिम् (भिडिओ ब्लग)
यसरी बनाइन्छ रैथाने खाजा तरुवा र कागुनोको खीर (भिडिओ)