सरकारले स्वदेशी उत्पादनलाई प्रवद्धन गर्न स्वदेशमै उत्पादन हुने वस्तु विदेशबाट ल्याउन नपाइने निति लिएको छ।
आर्थिक वर्ष २०७५÷७६ को निति तथा कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नीति सार्वजनिक गरेकी हुन्।
सरकारले आवश्यक कानुन बनाई स्वदेशमै उत्पादन हुने वस्तुलाई प्राथमिकतामा राख्ने तथा त्यस्ता वस्तुको आयातमा कडाई गरिने बताएको हो।