भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको अर्को मिनिमल प्रिन्ट क्याम्पियनलाई “हामी गोर्खाली” क्याम्पियनलाई उनीहरुको अनलाइन प्ल्याटफर्म मा स्थान दिएको छ ।
गोर्खाको यो नयाँ क्याम्पियनमा “हामी गोर्खाली” भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ । यो थिमलाई खुकुरीको छाँयाकृतिले प्रतिविम्भित गर्दछ । गोर्खा बियर बोटलको छाँयाले बनाएको उक्त ब्याकड्रपले ब्राण्डको आफ्नै मूल मान्यतालाई दर्शाउँछ ।
आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एम.ओ.एम) लाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् । उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एम.ओ.एम परिचित छ ।
गोर्खा बियरको क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेका छन्, “यो क्याम्पियनले गोर्खा बियरको मुख्य ब्राण्ड भ्याल्युलाई निकै राम्रो तरिकाले अभिव्यक्त गरेको छ – गोर्खा बियरलाई वास्तविक गोर्खालीको साहससँग आवद्ध गरेर गोर्खा बियरले फेरि एक पटक सही ठाउँमा निशाना लगाउन सफल भएको छ ।”