चेम्बर अफ कमर्सको अध्यक्षमा पुन: राजेश काजी श्रेष्ठ


नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेश काजी श्रेष्ठ निर्वाचित भएका छन्। ६७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति चयन भएको छ।

नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन,कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्। त्यस्त विषयगत उपाध्यक्षमा (वाणिज्य), महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष (उद्योग), दीपककुमार मलहोत्रा उपाध्यक्ष (जिल्ला, नगर), इच्छाराज तामाङ उपाध्यक्ष (वस्तुगत), नरेश श्रेष्ठ उपाध्यक्ष (संस्थागत) र भाष्करराज राजकर्णिकार उपाध्यक्ष (विशिष्ट मानार्थ) गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत भएका छन्।

मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको छ । जस अनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्र कुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.