ग्लोबल आइएमई बैंकको कामु सिइओमा पौडेल


ग्लोबल आइएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा जनक शर्मा पौडेल नियुक्त भएका छन्। अनिल ज्ञवालीले राजीनामा दिएपछि पौडेलले कामु कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेको बैंकले जनाएको छ।

बैंकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै उनको जिम्मेवारी पौडेललाई दिइएको उल्लेख गरेको छ। नविल बैंकबाट आफ्नो करियर सुरु गरेका पौडेलले बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव संगालेका छन्।

यसैबीच बैंकले लगानीकर्तालाई गत आवको नाफाबाट १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने निर्णय पनि गरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.