सिटिजन्स बैंकको शाखा मकवानपुरको मनहरीमा


सिटिजन्स बैंकले आफ्नो ६२औं शाखा मकवानपुरको मनहरीमा संचालनमा ल्याएको छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले शाखा कार्यालयमार्फत कारोवारको सुभारम्भ गरे।

मनहरीसँगै सिटिजन्स बैंकका शाखा ६२ वटा पुगेका छन्। ५९ वटा एटिएम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकले बैंकिङ सेवा लिइरहेको बैंकको दावी छ।

देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हल्दीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडि सारेको छ।
 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.