मंगलबार सेयर बजार परिसूचक नेप्से बढेको छ। नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५ विन्दुमा पुगेको हो।
नेप्से झिनो अंकले बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। यसदिन तीन अर्ब ६२ करोड ६१ लाख रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिन सोमबार नेप्से परिसूचक घट्दा पनि चार अर्ब ९० करोड रूपैयाँको कारोबार भएको थियो।
बजारमा कारोबारमा रहेकामध्ये बैकिङ्क, हाइड्रोपावर, जीवन बिमा, उत्पादनमूलक, व्यापारमूलक, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहमा सुधार देखिएको छ।
यसदिन तीन सय २७ लगानी उपकरण कारोबारमा आउँदा एक सय ६७ वटाको मूल्य बढेको छ। एक सय ३७ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
साइन रेसुङ्गा विकास बैंकको वार्षिक ८ प्रतिशत ऋणपत्रको मूल्य सबैभन्दा धेरै बढेको छ।हालै सूचीकरण भएका बन्दीपुर केवलकार, माबिलुङ्ग इनर्जी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रोको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै नेपाल एसबिआइ बैंकको ऋणपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ।
यसदिन साहज उर्जाको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको ३५ करोड ५८ लाख रूपैयाँको सेयर किनबेच भएको हो।