बुधबार कारोबारको मध्यसम्म बढी रहेको सेयर बजार परिसूचक नेप्से विवादित व्यवसायी दुर्गा प्रसाईंले आन्दोलन गर्ने खबर बाहिरीएसँगै घटेको छ।
मध्यान्नमा साढे एक बजेसम्म हिजोको बन्द बिन्दुभन्दा माथि नै रहेर घटबढ भइरहेको बजार आन्दोलनको खबर बाहिरीएसँगै उच्चले घट्न थाल्यो।
बजार घटेर २५६० विन्दुसम्म ओर्लिएकोमा अन्तिम समयमा बढ्ने प्रयासमा देखियो। तर, अघिल्लो दिनकोभन्दा ५.१७ अंकले घटेर बजार बन्द भयो।
बजार बन्द हुँदा नेप्से २५६६ विन्दुमा आइपुगेको छ।
प्रसाईंले कात्तिकमा आन्दोलन नगर्ने खबरपछि गत आइतबार अन्तिम समयबाट बजारमा सुधार देखिएको थियो।
बुधबार प्रसाईंले मंसिरको पहिलो साताबाट देशव्यापी आन्दोलन गर्ने समाचार आएको छ।
बुधबार कारोबार रकम भने बढेको छ।
मंगलबार चार अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन तीन सय २१ लगानी उपकरण कारोबारमा आउँदा एक सय सात वटाको मूल्य बढेको छ। दुई सय एक वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
कारोबारमा आएकामध्ये होटल, जलविद्युत, लघुवित्त र व्यापारमुलक बोहक सबै समूह घटेका छन्।
खानीखोला हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ।
कम्पनीको दुई सय ५७ रूपैयाँमा अन्तिम कारोबार भएको हो।
युनियन हाइड्रोको सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको छ। कम्पनीको २३ करोड रूपैयाँको सेयर किनबेच भएको हो।