बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन्। उनलाई बिहीबार बसेको नेपाल सरकार मन्त्रिपरिषदले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो।
उनले आजै अर्थमन्त्री रामेश्वर खनालसमक्ष सपथ ग्रहण गरेका छन्। आजै उनले पद वहाली गर्ने भएका छन्।
फर्जी कागजात बुझाएर सिइओ भएको भन्दै यसअघिका अध्यक्ष शरद ओझालाई असार ३० गते निलम्बन र भदौ २ गते सरकारले पदमुक्त गरेको थियो।
ओझालाई सरकारले नै गत वर्ष फागुन १२ गते अध्यक्षको रूपमा नियुक्त गरेको थियो।
उनको योग्यताको विषयमा विवाद परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत छानविन गरेर सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थियो।
त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको थियो।
त्यस समितिले बुझाएको प्रतिवेदन आधारमा ओझालाई पदमुक्त गरेर सरकारले अर्थमन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी दिएको थियो।
ओझा सम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ। सर्वोच्चले भदौ ९ गते प्राधिकरणको अध्यक्ष पद परिपुर्तिको लागि दरखास्त माग गर्ने निर्णय बमोजिम भदौ १४ मा जारी भएको सुचना तत्काल कार्यान्वयन नगरि तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो।