युनिलिभर नेपालले प्रतिकित्ता एक हजार आठ सय ४२ रूपेयाँ नगद लाभांश दिने भएको छ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो।
कम्पनीले यसअघि प्रतिकित्ता एक हजार सात सय १४ रूपैयाँ लाभांश दिएको थियो। अहिले कम्पनीले दिएको लाभांश साधारण सभाबाट पारित हुन बाँकी छ।
१० कात्तिकसम्म कम्पनीमा सेयर स्वामित्व हुनेले यो लाभांश पाउनेछन्। कम्पनीले ११ कात्तिक देखि २५ कात्तिकसम्म बुक क्लोज मिति तोकेको छ। कम्पनीको साधारण सभा २५ कात्तिकको लागि तोकिएको छ।
अहिले कम्पनीको प्रतिकित्ता सेयर मूल्य ४७ हजार सात सय ९० रूपैयाँ छ। यस आधारमा अहिले लगानी गर्नेले ३.८५ प्रतिशतको दरमा मात्रै लाभांश पाउने देखिन्छ।