नेपाल बीमा प्राधिकरणले प्रदर्शनपछि भएको क्षतिको बीमा दाबी प्रक्रिया छिटो र सहज ढंगले फर्छ्यौट गर्न निर्देशन दिएको छ।
बीमा दाबी सम्बन्धी तथ्यांक साप्ताहिक रूपमा तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्न समेत कम्पनीहरूलाई निर्देशन दिइएको छ।
प्रदर्शनको क्रममा व्यक्तिगत सम्पत्तिदेखि सार्वजनिक सम्पत्तिहरूमा ठूलो क्षति पुगेको छ। सार्वजनिक सम्पत्तिहरूको बीमा गर्ने चलन भने नेपालमा खासै छैन।
भाटभटेनी, हिल्टन होटल, ह्यात होटल, चन्द्रागिरी केबल कार, एनसेल भवन लगायतका क्षेत्रमा प्रदर्शनकारीहरूले क्षति पुर्याएका छन्।
कुन संस्थालाई क्षतिको कति दाबी पर्यो जस्ता तथ्यांक प्राधिकरणले प्राप्त गरेपछि सार्वजनिक गर्ने भएको छ।
