सिटि होटलले आजबाट एक बराबर ८० अनुपातमा हकप्रद सेयर खुला गरेको छ। १० कित्ता सेयर हुने लगानीकर्ताले आठ कित्ता सेयरको लागि आवेदन दिन पाउनेछन्।
साउन २६ गतेसम्म कम्पनीको सेयर स्वामित्व रहेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
असोज १२ गतेसम्म कम्पनीको हकप्रद बिक्री खुला हुनेछ।
कम्पनीले एक अर्ब ३३ करोड रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको हो। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६७ करोड रूपैयाँ छ।
हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी तीन अर्ब एक करोड रूपैयाँ पुग्नेछ। कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ।
हाल कम्पनीको सेयर मूल्य पाँच सय ९३ रूपैयाँ ९ पैसा छ। कम्पनीको हालको नजिकको उच्च मूल्य नौ सय ९८ रूपैयाँ हो।
कम्पनीको अध्यक्ष शक्ति कुमार गोल्यान हुन्। गत आर्थिक वर्ष २०८१८२ मा कम्पनी १९ करोड रूपैयाँ नोक्सानमा छ।
कम्पनीको सञ्चालन आम्दानी ५० करोड रूपैयाँबाट घटेर ४८ करोडमा सीमित भएको छ। कम्पनीको सञ्चिति ३२ करोड रूपैयाँ नोक्सानीमा छ।