समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्जरमा जाने भएका छन्। आइतबार दुई संस्थाबीच मर्जरमा जाने सम्झौता भएको हो।
मर्जरमा जान लागेको भन्दै कम्पनीहरूले नेप्सेमा कारोबार रोक्काको लागि पत्राचार गरेका छन्।
हाल पोखरा फाइनान्सको एक अर्ब आठ करोड चुक्ता पुँजी छ। समृद्धिको ८१ करोड रूपैयाँ चुक्ता पुँजी छ। कम्पनीले मर्जर कुन अनुपातमा गर्ने टुंगो लगाइसकेको छैन।
एक बराबर एक अनुपातमा मर्जर भएको अवस्थामा कम्पनीको चुक्ता पुँजी एक अर्ब ८९ करोड रूपैयाँ पुग्नेछ।
हाल पोखरा फाइनान्सको सेयर मूल्य चार सय ७२ रूपैयाँ र समृद्धि फाइनान्सको पाँच सय ५३ रूपैयाँ छ।