हिमालयन बैंकको बुधबारदेखि थप सार्वजनिक सेयर (एफपिओ) निष्कासन खुला भएको छ। कम्पनीले सर्वसाधारण समूहमा रहेको सेयर स्वामित्व ३० प्रतिशत बनाउन एफपिओ जारी गर्न लागेको हो।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले वित्तीय संस्थाहरूले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ।
हाल बैंकमा सर्वसाधारणको सेयर स्वामित्व २७ प्रतिशत छ भने बाँकी संस्थापकमा रहेको छ। बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरिरहेको छ।
बैंकले ५७ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५७ रूपैयाँका दरले बैंकले एफपिओ जारी गरिरहेको हो। बैंकको सेयर बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल छ।
साउन ४ गतेसम्म एफपीओमा आवेदन दिन सकिने छ। न्यूनतम १० तथा अधिकतम पूरै सेयरका लागि आवेदन दिन सकिन्छ।
मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ छ।
आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा छ। प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ। बैंक ७ अर्ब ३६ करोड सञ्चित नोक्सानीमा छ।