बैंकहरूले कर्जा खराब भएर आफैले सकार्नु परेको सम्पत्ति दुई वर्षसम्म पनि बिक्री नभए त्यसबापत राखिने नियामकीय कोषको रकम बैंकहरूको पुरक पुँजी कोषमा गणना गर्न पाउने भएका छन्।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको मौद्रिक नीतिले यस्तो व्यवस्था गरिदिएको हो।
कर्जाको भाका नाघेको एक वर्षमा कर्जा खराब हुन्छ। यस्तो कर्जा बैंकहरूले लिलाम बिक्री गर्दा पनि नबिकेमा आफैले सकार्ने गर्छ।
हाल बैंक तथा वित्तीय संस्थामा यसरी सकारे ४५ अर्ब ११ करोड बराबरको गैर बैंकिङ सम्पत्ति रकम छ।