बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जा सीमा २५ करोड रूपैयाँ पुर्याइएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर पौडेलले कर्जा सीमा बढाइएको बताएका हुन्।
अहिले यस्तो सीमा १५ करोड रूपैयाँको छ। सेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन वा बढाउन आग्रह गर्दै आएका थिए।
यसअघि संस्थागत कर्जाको सीमा हटाइएको थियो।