युनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले १०.८० प्रतिशत लाभांश घोषणा गरेको थियो।