बुधबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने बढेको छ।
मंगलबार सात अर्ब ६५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब आठ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ४३ करोड रूपैयाँ बढेको हो।
आज ३१४ वटा धितोपत्रको दुई करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटाको घटेको छ। एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन पियोर इनर्जीको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २०७ रूपैयाँ २० पैसा कायम भएको छ।
यस्तै, जोशी हाइड्रोपावरको मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४५० रूपैयाँ ७३ पैसा पुगेको छ।
कर्पोरेट डेभलपमेन्टको मूल्य सर्वाधिक ७.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४०९ रूपैयाँ ९० पैसामा झरेको छ।
यसैगरी, सप्तकोशी डेभलपमेन्टको मूल्य ३.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९५४ रूपैयाँ ६९ पैसा कायम भएको छ।
बुधबार सानिमा माई हाइड्रोपावरपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ६४९ रूपैयाँमा ७१ करोड ७८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८१ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिंगटी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३२० रूपैयाँ ५० पैसामा ६१ करोड ८० लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.२५ प्रतिशतले बढेको छ।