ट्रेड टावरको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत ३ लाख २९ हजार ६५० जनाले सेयर पाएका छन्।
जसमध्ये ३ लाख २९ हजार ६४५ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका बिक्री प्रबन्धकको भनाइ छ।
उक्त आइपिओमा २० लाख ७४ हजार २८५ जनाले आवेदन दिएका थिए।
जसमध्ये १४ हजार ८९७ जनाको आवेदन रद्द भएको थियो भने रितपूर्वक आवेदन दिएका २० लाख ५९ हजार ३८८ जनालाई गोलाप्रथामा समावेश गराइएको थियो।
कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रूपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।