बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १३.६९ अंकले घटेर २६६४.४७ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।
मंगलबार १० अर्ब १६ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार नौ अर्ब ९० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २६ करोड रूपैयाँ कमी आएको हो।
आज ३०७ वटा धितोपत्रको दुई करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यसदिन बुटवल पावर, पियोर इनर्जी र श्री सिनर्जी पावरको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ७६२ रूपैयाँ १० पैसा र ७४९ रूपैयाँ ८० पैसा र ४२८ रूपैयाँ ६० पैसा पुगेको छ।
सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ५.८९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १८ रूपैयाँमा झरेको छ।
यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको मूल्य ४.७३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २०० रूपैयाँ कायम भएको छ।
बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ८४९ रूपैयाँ ८० पैसामा ६१ करोड ५७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.२३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा माई हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६१५ रूपैयाँ १० पैसामा ६९ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशतले घटेको छ।