साताको पहिलो कारोबार दिन अर्थात् आइतबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
बिहीबार सात अर्ब ९७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार नौ अर्ब १३ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १६ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१३ वटा धितोपत्रको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ।
यसदिन रिभर फल्स पावर र पियोर इनर्जीको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ५७७ रूपैयाँ र ५६३ रूपैयाँ ५० पैसा कायम भएको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६२८ रूपैयाँ ४० पैसामा झरेको छ।
यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ५९३ रूपैयाँ कायम भएको छ।
आइतबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ८२३ रूपैयाँमा ७२ करोड ९५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.७० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४७१ रूपैयाँमा ६२ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जलविद्युत र व्यापार समूहको परिसूचक बढेको छ भने ११ समूहको परिसूचक घटेको छ।
यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक १.३२ प्रतिशतले बढेको छ।