बुधबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा बन्द भएको छ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।
मंगलबार ६ अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार पाँच अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५१ करोड रूपैयाँ कमी आएको हो।
आज ३१३ वटा धितोपत्रको एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। एउटा कम्पनी स्थिर रहेको छ।
यसदिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत र पियोर इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य एक हजार ९९४ रूपैयाँ ७० पैसा र ४६५ रूपैयाँ ८० पैसा पुगेको हो।
कर्पोरेट डेभलपमेन्टको मूल्य सर्वाधिक ५.८१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४९५ रूपैयाँ ९८ पैसामा झरेको छ।
यसैगरी, मिड सोलु हाइड्रोपावरको मूल्य ३.७० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८६० रूपैयाँ कायम भएको छ।
बुधबार अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता २७४ रूपैयाँ ५० पैसामा ३६ करोड २५ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.७० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८७ रूपैयाँ ५० पैसामा २९ करोड ८७ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढेको छ भने ११ समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ०.९० प्रतिशतले घटेको छ।