सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ।
नेप्से १.६० अंकले बढेर २६९४.६६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बुधबार ८ अर्ब ५८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार नौ अर्ब २२ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१४ वटा धितोपत्रको दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ वटाको घटेको छ।
यसदिन दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य एक हजार ६४९ रूपैयाँ ४० पैसा र ३८५ रूपैयाँ पुगेको हो।
भूगोल इनर्जीको मूल्य सर्वाधिक ६.४५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७५६ रूपैयाँ ३० पैसामा झरेको छ।
यसैगरी, बोटलर्स नेपाल बालाजुको मूल्य ३.२० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १६ हजार ६०१ रूपैयाँ कायम भएको छ।
सोमबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३८८ रूपैयाँमा ८७ करोड ४७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.७२ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७७० रूपैयाँ ६० पैसामा ६५ करोड दुई लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।
यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशतले बढेको छ।
दोस्रोमा लगानी समूहको परिसूचक २.२८ प्रतिशतले बढेको छ।