आइतबार नेप्से परिसूचक घटेको छ।
नेप्से ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि घटेको छ।
बिहीबार ९ अर्ब ८२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार ७ अर्ब ६० करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब २२ करोड रूपैयाँ कमी आएको हो।
आज ३१४ वटा धितोपत्रको एक करोड ८५ लाख पाँच हजार ७७१ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १२६ रूपैयाँ ७० पैसा पुगेको छ।
यस्तै, महुली लघुवित्तको मूल्य ८.२५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ३३० रूपैयाँ कायम भएको छ।
सिन्धु विकास बैंकको मूल्य सर्वाधिक ८.१६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८४५ रूपैयाँमा झरेको छ।
यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ५.९२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८३५ रूपैयाँ कायम भएको छ।
आइतबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ७९० रूपैयाँ २० पैसामा ७१ करोड ४९ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.८० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा युनिभर्सल पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४१६ रूपैयाँमा ३० करोड ३१ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स र व्यापार समूहको बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।
यसदिन माइक्रोफाइनान्स समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ।
यस्तै, म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशतले घटेको छ।