आइतबार पनि नेप्से परिसूचक घटेको छ।
नप्से ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि केही घटेको छ।
बुधबार नौ अर्ब ३७ करोडको कारोबार भएकोमा आइतबार नौ अर्ब २४ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोड रूपैयाँ कमी आएको हो।
आज ३२२ वटा धितोपत्रको दुई करोड १९ लाख पाँच हजार ३११ कित्ता सेयर किनबेच भएको हो।
आइतबार ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ भने अपर सोलु हाइड्रोको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
आइतबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ६२१ रूपैयाँ ९० पैसामा झरेको छ।
यस्तै, रिभर फल्स पावरको मूल्य ७.५५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५९३ रूपैयाँ ०७ पैसा कायम भएको छ।
आइतबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ५८३ रूपैयाँ १० पैसामा ६० करोड ४८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३५९ रूपैयाँमा ५५ करोड १४ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.३० प्रतिशतले घटेको छ।